एभरेष्ट प्रिमियर लिग टी– २० क्रिकेटमा विराटनगर र भैरहवा भिड्दै

भैरहवाले दियो १२८ रनको चुनौती

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा आजको पहिलो प्ले अफ खेल विराटनगर वारियर्ससामु र भैरहवा ग्लाडियटर्सबीच भैरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भैरहवा ग्लाडियटर्सले विराटनगर वारियर्ससामु जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ। समाचार तयार गर्दासम्म भैरहवा ग्लाडियर्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको छ।

भैरहवाका लागि सर्वाधिक रन आरिफ शेख ४६ र पुनित मिश्रले ४९ बनाएका थिए । उनीहरु बाहेक अन्य ब्याटसम्याले दोहोरो रनको स्कोर जोडन सकेनन्।

भैरहवाले १७ रनमै ३ विकेट गुमाएको थियो । आरिफले ३५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सो रन बनाएका हुन् । त्यस्तै पुनित मिश्रले ३४ बलमा ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाएका हुन।

भैरहवालाई १२७ रनमा समेटन विराटनगरका लागि सहान एडिसा र करण केसीले २÷२ तथा पारस खड्का, अभिनास कर्ण र बसन्त रेग्मीले समान १ १ विकेट हात पारे ।

१२८ रनको विजयी लक्ष्य पाएको विराटनगरले अहिले जवाफी ब्याटिङ् गर्दैछ। समाचार तयार पार्दासम्म विराटनगरले ४ ओभरमा एक विकेट गुमाउँदै ओभरमा ३१ रन बनाएको छ।

विजयी टोली फाइनलमा पुग्ने र पराजित हुने टोलीले पोखरा राइनोज र ललितपुर प्याट्रियसबीचको विजेता टोलीसँग फाइनल प्रवेशका प्रतिस्पर्धा गर्नुपर्ने बताइएको छ ।