बर्दियामा ट्रकले किचेर एक बृद्धाको मृत्यु

बर्दिया, पुस १६ । घरबाट बाटोपारी छिमेकीको घर जाने क्रममा बर्दियाको गुलरियामा घर अगाडी ट्रकले किचेर एक बृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वार्ड नं ८ बजारमा ना ६ ख ५९०३ नम्वरको ट्रकले ठक्कर दिई टाउकोमा किच्दा ७५ बर्षिया राधादेवी बनियाँको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीयवासीले दिएको जानकारी अनुसार ट्रकले ठछ बर्षिया बनियाँलाई किचेपछि मृतकको टाउको फुटेर गिदी सडकमा छितरवितर भएको छ । घटना स्थलमा रगत बगेको छ ।

घटनापछि ट्रक चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा र लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले हरपल नेपालसँग वताए ।

यतिबेला उक्त ट्रकलाई स्थानियले घेरेर राखेको बताइएको छ ।

मृतकका आफन्तहरू सवारी चालकलचालकलाई कडा कारवाही र जरिवाना नभए सम्म ट्रक नछाड्ने अडान गरेर आन्दोलित भएका छन् ।