विमानस्थलमा भारतीय हवाई सुरक्षा राख्ने निर्णय राष्ट्रघाती भएको विप्लवको ठहर

सरकारी कदमको विरोध

काठमाडौ,माघ ११ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षावल (एयरमार्सल) राख्ने विषयमा सरकाररले गरेको निर्णयको विरोध गरेको छ ।

नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द्र ‘विप्लव’ले आज एक विज्ञप्ती जारीगर्दै सरकारको उक्त निर्णय लज्जास्पद, राष्ट्रघाती र आत्मसमपर्णकारी भएको भन्दै आफ्नो पार्टीको तर्फबाट कडा शब्दमा विरोध जनाएका हुन ।

विप्लवले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले यसअघि पनि पटक पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरमार्सल राख्न खोजेको तर अन्य दलहरुका कारण रोकिएको स्मरण गराँउदै मुलुकको प्रधानमन्त्री हिजो क्रान्तिबाट आएका, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनै भएका वेला राष्ट्रघाती निर्णय हुनु अत्यन्त गलत भएको जनाएका छन ।

त्यस्तै विप्लवले सरकारीस्तरबाट भएको उक्त निर्णय गलत भएको र त्यसलाई सच्याउन आवयक रहेको समेत उनेल विज्ञप्ती मार्फत बताएका छन ।

विप्लवले जारी गरेको विज्ञप्तिको पुर्ण पाठ यस्तो छ –