‘स्ववियु निर्वाचन तोकिएकै मिति र समयमा सम्पन्न हुन्छ’

‘सबैलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्न चाहन्छु’

स्ववियु निर्वाचन मुल समिति अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) ,प्रा.डा. सुधा त्रिपाठीसँगको विशेष अन्तर्वाता…..

हरपल नेपाल । करिब आठ बर्षपछि यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी भैरहेको छ,फागुन १४ गते निर्वाचनको लागि मिति तोकिएको छ । २०६५ पछि स्ववियुको चुनाव सम्पन्न हुन सकिरहेको थिएन । स्ववियुको चुनाव गर्ने विषयमा सुरुका दिनमा एकमतका साथ जुटेका विद्यार्थी संगठनहरु त्रिविले केन्द्रीय निर्वाचन समिति गठन गरेर निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको अवस्थामा भने आफ्ना केही फरक मतहरु राख्दै आएका छन । माओवादी केन्द्र,एमाले र कांग्रेस गरी मुख्य तीन दल निकटका विद्यार्थी संगठनहरु निर्वाचनको तयारीमा प्रचार प्रसारमा जुटेको भएपनि विप्लव,बैद्य,बावुराम र केही मधेस केन्द्रीत दल निकटका विद्यार्थी संगठनहरुले भने समानुपातिक निर्वाचन प्रणाली,भ्रष्टाचार मुक्त स्ववियु निर्वाचन जस्ता मागहरु उठाइरहेका छन ।

यतिबेला आम विद्यार्थीहरु मात्र होइन स्वयम् विद्यार्थी संगठनहरु पनि त्रिविले सार्वजनिक गरेको मितिमा निर्वाचन हुन्छ वा हुदैँन भन्ने दोविधामा रहेका देखिन्छन । हरपल नेपालले केन्द्रीय क्याम्पस,त्रिभुवन विश्वविद्यालयको मुल निर्वाचन समितिका अध्यक्ष सुधा त्रिपाठीसँग स्ववियु निर्वाचनको सन्र्दभमा रहेर कुराकानी गरेका छ । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत हुन । उनले हरपल संवादको क्रममा भनिन–‘करिब ३२ बर्ष लामो अबधि त्रिविमा बिताएकी छु,यो बिचमा धेरै स्ववियु निर्वाचनको अनुभव मैले प्रत्यक्ष देख्न पाएको हुनाले मलाई स्ववियु निर्वाचनको जिम्मेवारी निर्वाह गर्न त्यति गाह्रो भएको छैन ।’ प्रस्तुत छ उनीसँग गरिएको संवाद……

स्ववियु निर्वाचन समिति अहिले के गर्दैछ ? निर्वाचनको तयारी कहाँ पुग्यो ?

निर्वाचन समितिले आफ्नो क्षेत्रबाट गर्नुपर्ने तयारीमा हामी केन्द्रीत रहेका छौ । हामीले सम्पुर्ण विद्यार्थी संगठनहरुसँको सहमति अनुसार निर्वाचनको कार्यतालिका,विधी,विधान र आचार संहिता बनाउने काम गरिसकेका छौ । चुनावको लागि आवश्यक पर्ने आचार संहिता र विधी विधानहरु विभिन्न माध्यमबाट हामीले देसैभरीका शाखा क्याम्पसहरुमा पठाइ सकेका छौ । कतिपय स्थानमा भौगोलिक विकटाका कारण पुगेको छैन,त्यहाँ पनि समयमै पुर्याउन काम गरिराखेका छौ ।
देसैभरीका त्रिविका शाखा क्याम्पसहरुमा स्ववियु निर्वाचन सम्पन्न गराउनको लागि केन्द्रमा २१ जनाको मुल निर्वाचन समिति बनेको छ । त्यसमा विद्यार्थी कल्याण शाखाको डाइरेक्टर गंगा थापा,त्रिवि रजिष्टार,कानुनीविज्ञहरु,डिन र प्राध्यापकहरुबाट निर्वाचन समिति बनेको छ । हामी सबैजना यतिबेला निर्वाचनको काममा अत्यन्त बेस्त भैराखेका छौ । हामीले निर्वाचनको लागि आन्तरिक,बाह्यि र प्राविधीक तयारीहरुलाई जोडतोडका साथ गरिरहेका छौ । मत पत्र,प्रचार सामग्रीहरु लगाएत केहि काम अलिकता बाँकीछ,अरु त करिब करिब अन्तीम सबै खालको तयारी सकिन लागेको छ ।

  निर्वाचन समितिको जिम्मेवारी र कतब्यहरु बारे बताइदिनुस न ?

जे जसरी हुन्छ,तोकिएको समयमा मर्यादीत र निष्पक्ष ढंगले स्वावियुको निर्वाचन गराउने नै यो समितिको मुख्य जिम्मेवारी रहन्छ । हामीहरु पुरै समितिनै त्यहि अभियानमा खटिरहेका छौ । देसैभरीका क्याम्पसहरुमा एकै पटक निर्वाचन गराउदा कहाँ के कस्ता खालका समस्याहरु देखिएका छन,र त्यहाँ कसरी निर्वाचन मैत्रि वातावरण बनाउन सकिन्छ,त्यो काम गर्ने जिम्मेवारी पनि हाम्रै काधँमा रहेको छ । साथै क्याम्पस तहमा निर्वाचनको वातावरण बनाउनको लागि निर्वाचन समिति बनाउनेदेखि,उत्पन्न समस्याको समाधान र चुनावमा सुरक्षा प्रबन्धको पहल गर्ने काम पनि यहि समितिले गर्छ ।

⇒ तपाईले निर्वाचन समितिका जिम्मेवारी बारे बताइरहदा, निर्वाचनको लागि सबै संगठनहरु खुलेर आएका छैनन नि ? कसरी निर्वाचन मैत्रि वातावरण बनाउने जिम्मेवारी पुरा गर्नुहुन्छ त अब ?

हो (अलि सोच्दै)…तपाईले खोतल्न खोज्नु भएको कुरा पनि ठिक हो । हामीले सबै विद्यार्थी संगठनलाई निर्वाचनमा सहभागि गराएर नै निर्वाचन गराउने हो । यतिबेला केही विद्यार्थी संगठनहरु आफ्ना फरक मत सहित हामीहरुसँग पत्र ल्याएर आउनु भएको थियो । उहाँहरुले राखेको मागका विषयमा निर्वाचन समिति अत्यन्त गम्भीर छ,हामीले उहाँहरुसँग छुट्टै बसेर छलफल गर्ने सोच बनाएका छौ । तर उहाँहरु पनि चुनावको तयारीमा लाग्नु भएको छ । आम विद्यार्थीको हितमा हुन लागेको स्ववियु निर्वाचनको विरुद्धमा कुनैपनि संगठन हुदैन, मात्र केहि नमिलेका विषयहरु होलान,त्यसलाई विधि र प्रकृयामा रहेर हामी मिलाउछौ । तपाईले भने जस्तै त्यो जिम्मेवारी पनि हाम्रै हो । हामी आफ्नो जिम्मेवारी पुरा गर्छौ ।

⇒ तीन दलिय सिण्डिकेटलाई निर्वाचन समितिले पनि वैद्यता दिएको भन्ने पनि छ नि,होइन र ? निर्वाचन समितिले साना संगठनलाई भेदभाव गरेको हो ?

…(हाँस्दै) । त्यो सत्य होइन । यतिबेला मिडियाले पनि ठूला पार्टीका तीन संगठनलाई नै केन्द्रमा राखेर समाचार सामग्रीहरु सम्प्रेषण गरिरहेको देखिन्छ,सायद तीन दलका संगठनहरुकै कुरा मिडियामा बढि आएको हुनाले उहाँहरुलाई त्यस्तो लागेको होला भन्ने मलाई लाग्छ । यतिबेला जताकतै तीन संगठनकै नेताहरुको फोटो,अन्तवार्ताहरु राखिएको देखिन्छ । दश विद्यार्थी संगठनले राखेको कुरापनि मलाई ठिकै लागेको छ, त्यो विषयमा हामीले छलफल गर्ने नै भनेका छौ ।

⇒ जब जब स्ववियु निर्वाचन हुने समय आउछ,सरकारमा रहेका पार्टीहरुले प्रशासनिक निकायमा आफ्नो प्रभाव पार्छन वा प्रयोग गर्छन भन्ने कुरा त्रिभुवन विश्वविद्यालय हाता भित्रै सुनिन्छ नी ?

विगतका निर्वाचनमा को कसरी जिम्मेवारीमा आएका थिए,त्यो त मलाई थाहा हुने कुरा भएन । तर यतिबेलाको सन्दर्भमा त्यस्तो कुनै दलिय प्रभावको आधारमा त्रिविको प्रशासनिय निकाय र यो निर्वाचन समिति पटक्कै चलेको छैन । मेरो कुरा गर्नुपर्दा मैले त्रिविमा जागिर खाएको ३२ बर्ष भयो,यसअघि म नेपाली केन्द्रय विभागको प्रध्यापकको रुपमा कार्यरत थिए । म २०७२ को पुस १२ गते शिक्षाध्यक्ष पदमा नियुक्त भएकी हुँ,त्यतिबेला स्ववियु निर्वाचनको कुरा चलेको पनि थिएन । तसर्थ अहिलेको निर्वाचन समितिले निष्पक्ष निर्वाचन गराउने कुरामा म पुर्न प्रतिबद्धता व्यक्त गर्दछु । मेरो करिब १३ महिना पछि पदको अवधी सकीदैँ छ, मेरो चाहना यति छ कि त्रिविमा लामो समय सेवा गरे अब अहिले निर्वाचन गराउने जिम्मेवारी पाएकी छु, त्यसलाई कुनै प्रकारले प्रभावित नभएर निष्पक्ष र पार्दर्शी ढंगले सम्पन्न गराउन चाहन्छु ।

⇒ तपाईले निष्पक्ष काम गर्ने आफ्नो चाहनालाई प्रष्ट रुपमा राख्नु भो, तर निर्वाचनको कार्यतालिका,विधी विधान बनाउदा सबैलाई समेट्नु भएन रे नि हो ? कसरी निष्पक्ष भो त ?

होइन,होइन । हामीले त्यसो गरेका छैनौ । त्यो कुरा गलत आयो । हामीले कहिल्यै पनि तिन दलका विद्यार्थी संगठनहरुलाई मात्र राखेर निर्वाचनको विषयमा,विधि विधानको विषयमा वा निर्वाचनसँग सम्बन्धीत विषयमा गोप्य छलफल गरेका छैनौ । हामीले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिका र आचार संहिता,विधानहरु सबै विद्यार्थी संगठनहरुको सामुहिक सहमतीको आधारमा तयार गरिएको हो । हामीले स्मृती भवनमा सबै विद्यार्थी संगठनको बीचमा गरेको छलफलको आधारमा निर्वाचनको आज सम्मको तयारी प्रकृया बढेको हो । हामीहरु फेरी सबै विद्यार्थी संगठनहरुलाई एकैसाथ भेट्ने कार्यक्रम पनि बनाउदैँ छौ,कसैलाई चित्र नबुझेको विषयमा त्यही छलफल गर्नपनि सकिन्छ ।

⇒ चुनावको मुखमा विद्याथी भर्ना गर्ने विषयलाई कसरी बुझ्नु भएको छ ? त्यसको नियन्त्रण गर्ने काम निर्वाचनको आचार संहिता भित्र पर्छ कि पर्दैन ?

यो शैक्षिक शत्रको भर्ना असारमा खुलेको थियो । ती विद्यार्थीहरुले पढाइ सुरु भैसक्दा भर्ना गर्नु पर्दथ्यो कि नाइ ? एक हातले फर्म बुझाउने,अर्को हातले भर्ना गर्ने सिस्टम अहिले कार्यान्वयन भएको छ । त्यतिबेला कुनै संगठनले फर्म जम्मा गरेर एकमुष्ठ भर्ना गरेको वा रकम खर्च गरेको भए त्यो कुरा छुट्टै हो । त्यतिबेलासम्म निर्वाचनको आचार संहिता बनेको थिएन । तर हामीले आचार संहिता लागु गरेपछि भर्नाको कार्यक्रम स्थगित गरिएको छ । त्रिविको भर्ना समयलाई निर्वाचन पछि एक हप्ता बढाउने गरी हामीले अहिले विद्यार्थीहरुलाई फर्ममात्र भर्न दिने भनेका छौ,भर्ना प्रकृया रोकिएको छ ।

⇒ निर्वाचनको आचार संहितामा प्रचार प्रसारका कस्ता सीमाहरु रहेका छन ?

कुनैपनि संगठनहरुले चुनावको प्रचारमा क्याम्पस भवन, वालको भित्र,बाहिर भित्ते लेखन गर्न नपाउने । क्याम्पस कम्पाउण्डमा ब्यानर,टुल केही पनि झुण्ड्याउन नपाइने, क्याम्पस हाता भित्र ‘ए फोर’ साइुजको कागजमा मात्र प्रचारात्मक कार्यहरु गर्न पाउने । माइकबाट प्रचार गर्न नपाइने । त्यसका साथै क्याम्पसले नै उनीहरुको परिचयात्म कार्यक्रम राखेर प्रचारमा सहयोग गरिदिने । आदी कुराहरु आचार संहितामा रहेका छन ।

 तर उपत्यका भित्रका कतिपय क्याम्पसमा आचार सहिता विपरीत तरिकाले वाल पेन्टिङ लगाएत पोस्टर,पम्पलेट गरिएको पनि देखिन्छ ? त्यसको कार्यान्वयन किन नभएको ?

हो तपाईले ठिक कुरा उठाउनु भो । मैले पनि लैनचौरतिर हिड्ने क्रममा सरस्वती,अस्कल क्याम्पस तिर देखको थिए । अब त्यहाँ निर्वाचन गर्ने समिति बनेपछि जस्ले त्यो पेन्ट गरेको वा व्यानर टासेको होप त्यहि संगठनलाई हटाउन लगाउने र अटेर गरेमा आफैले हटाउने काम सुरु गर्छ । हुन त अस्ति हामीले आचार संहिता प्रकाशन गरेदेखिनै त्यसको लागु गर्न सुरुभएको मानिन्छ तथापि सोहि क्याम्पसले पनि निर्वाचन समिति मार्फत,त्यहाको सापेक्षतामा हामीले बनाएको आचार सहिता भन्दा केही फरक बनाएर कार्यान्वयन गर्न पनि सक्छ । आचार संहिताको चरम अपमान गरिएको पाइएमा सुरक्षा व्यवस्थाको प्रयोग गरेर अन्तिम अवस्थामा कानुनि कार्वाही पनि गर्न सकिने अधिकार पनि त्यसमा उल्लेख गरीएको छ ।

⇒ भनेपछि तोकिएकै समयमा सबै विद्यार्थी संगठनलाई सहभागि भएर नै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा तपाई विश्वस्त हुनुहुन्छ ?

एकदमै ठिक कुरा गर्नु भो । हामी कुनैपनि हालतमा तोकिएकै मिति र समयमा स्ववियुको निर्वाचन गराउछौं । निर्वाचन समितिले निर्वानको अगाबै गर्नुपर्ने सम्पूर्ण कामहरु सुरु गरिसकेको छ । धेरै कामहरु सकिसकेको छ,केही समय भित्रै आफ्नो सम्पुर्ण तयारी सम्पन्न गरिसक्ने देखिएको छ । अहिले जस्ले जे भनेपनि सबै संगठनहरु निर्वाचनको तयारीमा लागेका छन र निर्वाचनमा सहभागी हुन्छन भन्नेमा म पुर्ण रुपमा विश्वस्त रहेकी छु । किनभने उनीहर सबैलाई थाहा छ,अहिले तोकिएको मितिमा निर्वाचन हुन सकेन भने,अर्को बर्षको लागि सर्छ,जुन कुरा कुनैपनि विद्यार्थी संगठनको लागि स्वीकार्य हुदैन ।