निजि विद्यालयको शुल्क बृद्धी विरुद्ध पिप्लवका विद्यार्थी आन्दोलनको तयारीमा

आज दुईबजें पत्रकार सम्मेलन आयोजना

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध विद्यार्थीहरु निजि विद्यालयले शुल्क बृद्धि गरेको विषयलाई लिएर विरोधका कार्यक्रमहरु घोषणा गर्ने तयारीमा लागेका छन ।

आज हरपल नेपाल डटकमसँग कुराकानी गर्दै नेकपा निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रामबहादुर बिकले यसअघि संयुक्त विद्यार्थी संगठनद्धारा निजि विद्यालयको शुल्क बृद्धि विरुद्ध गरिएको आन्दोलन रोक्न शिक्षा मन्त्रालय र मतहतका निकायहरुले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आफुहरु आन्दोनलमा जान बाध्य भएको बताएका छन ।

क्रान्तिकारीका सचिव बिकले भने–‘मन्त्रालय र मातहतका निकायहरुद्धारा निजि विद्यालयले मनपरि रुपमा बढाएको शुल्क बृद्धिलाई रोक्न र निर्देशिका विपरित ढंगले उठाइएको शुल्क फिर्ता गर्न संयुक्त बिद्यार्थी संगठनसँग सहमती गरेको थियो, तर महिनौ बित्दा पनि त्यसको कार्यान्वयन भएन, हामी त्यसको कार्यान्वयन गरिनु पर्दछ भन्नेमा छौ । हाम्रो संगठनले सर्वसुलभ र गुणस्तरिय शिक्षामा राज्य जिम्मेवार बन्नु पर्दछ भनेर राज्यलाई दवाव दिनका लागि आन्दोलनको घोणष गर्दैछ।’

सचिव बिकले आज दिउँस दुईबजें रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको समेत बताएका छन । गत वैसाख १५ गते शिक्षामन्त्री धनिराम पौडेल र संयुक्त बिद्यार्थी संगठनबीच १५ दिनभित्र बढाईएको शुल्क फिर्ता गर्ने सहमती भएको थियो ।

शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा मन्त्री पौडेंल, शिक्षा राज्यमन्त्री धनमाया वि. क, शिक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौ‌तम, सह सचिव हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, निर्देशक केशव प्रसाद दहाल, काठमाडौंका जिल्ला शिक्षा अधिकारी जय प्रसाद आर्चाय लगाएतले आन्दोलनतर विद्यार्थी संगठनसँग तीन बुँदें सहमति समेत गरेको थियो । 

त्यतिबेला गरिएको सहमति पत्रमा यस्तो भनिएको छः 

 

र यो पनि हेर्नुहोस–’आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रीबीचको वार्ताः बढाईएको शुल्क १५ दिन भित्र फिर्ता गर्न निर्देशन (सहमतिपत्रसहित)