अखिल क्रान्तिकारीमा उम्मेदवार बन्न कडा प्रतिस्पर्धाः हर्नुहोस्, कुन पदमा कस्को चर्चा ?

राष्ट्रिय सम्मेलनको तयारी तिब्रः क्याम्पसहरुका वालहरु राताम्य भए

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले २१औँ राष्ट्रिय सम्मेलन भाद्र ७ देखि ११ गतेसम्म गर्दैछ । राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वमा आउनका लागि अहिले सिनियरदेखि जुनियरसम्मका नेताहरु उम्मेदवार बन्न चाहेका देखिन्छन ।

अखिल क्रान्तिकारीले आचांर संहिता देखाउदै कार्यकर्ताहरुलाई उम्मेदवारी मनोनयन नहुदैँ अनाधिकृत रुपमा उम्मेदरी बनेको भनेर प्रचार नगर्न आग्रह गरेपनि नेताहरु भने आ आफ्नो ढंगले प्रचार गरिरहेका देखिन्छन, उनीहरुका फेसबुकवालदेखि ब्यक्तिगत भेटघाटसम्म पनि सम्मेलन र आफ्नो उम्मेदरीको प्रचार गरेको देखिन्छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हरपल नेपालसँगको अन्तर्वाताका क्रममा आफुहरुको पहिलो प्रयास सहमति गरेर नेतृत्व चयन गर्नेमा रहने र त्यसरी मिलाउन नसक्ने अवस्था आएमा मात्र निर्वाचनको विधि प्रयोग गर्ने बताएका छन । अध्यक्ष न्यौपानेले ठूलो आकारको संगठनलाई घटाएर सानो आकारमा ल्याउन खोजिएकाले नेता, कार्यकर्ताहरुमा नेताबन्नका लागि तयारी गर्नु, र सम्मेलनको विषयमा धेरै खालका चर्चाहरु हुनु स्वभाविक भएको बताएका छन ।

सहमति नभए निर्वाचनबाटै नेतृत्व लिने भएपछि नेताहरु अहिले आ आफ्नो चुनावि प्यानल जस्तो समेत बनाएर प्रचार गरेको बताउँछन । उनीहरुले सम्बन्धीत पदमा योग्यता पुगेका नेता, कार्यकर्ताहरुबचि सल्लाह गरेर उम्मेदारीका लागि समूह बनाउँदै प्रचार गरिरहेको देखिन्छ । साझँपख भृकुटिमण्डप वरिपरि छरिएर अखिल क्रान्तिकारीका नेताहरुले विभिन्न पदको आफु दाबेदार, प्रतिस्पर्धि रहेको भन्दै छलफल गर्ने गरेको समेत देखिन्छ ।

क्रान्तिकारीको राष्ट्रय सम्मेलनले राताम्य भए क्याम्पसका वालहरु

यतिबेला काठमाडौं लगाएत देशका अधिकाशं सरकारी क्याम्पस, स्कुलका वालहरु रातो कलरले रंगिएका देखिन्छन, वास्तवमा बाहिरबाट स्कुल, कलेजमा रंगिएका अक्षरहरु देख्दा बिहेका लागि दुलहिको श्रृगार गरेजस्तो देखिन्छ तर गेट भित्रको वातावरण भने उही पुरानै छ ।

ठूला ठूला अक्षरमा रातो रंगको प्रयोग गरी अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको सन्दर्भमा लेखिएका नाराहरु पनि त्यत्तीकै सुन्दर र ब्यवहारीक देखिन्छन ।

बैज्ञानिक, जीवन उपयोगी, निशुल्क, गुणस्तरिय र समान शिक्षाको पक्षमा उनीहरुले नाराहरु दिएका छन । क्रान्तिकारीको सम्मेलनका तगतिबिधि तर्फ अहिले आम सञ्चारमाध्यमहरु केन्द्रीत भएका देखिन्छन, उम्मेदवारीको चर्चादेखि, सम्मेलनको खर्च र नेताहरुको होडबाजीसम्मका कुराहरु समाचारको मुख्य विषयमा आउने गरेका छन ।

यसअघि २५ जनाको पदाधिकारी र १९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको अखिल क्रान्तिकारीले पुर्न त्यसलाई बढाएर ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।

हरल नेपाल डटकमले अखिल क्रान्तिकारीका नेता, कार्यकर्ता र अन्य विद्यार्थी संगठनका नेताहरुसँग गरेको भलाकुसारीका आधारमा कुन पदमा कस्को चर्चा बढि छ भन्ने विषयको जानकारी संकलन गरेका छौ । अहिले निर्वाचन हुने भएकाले जुनियर नेताहरु पनि आफुभन्दा सिनियरसँग (योग्यता पुगेका) निर्वाचनमा प्रतिस्पर्धा गर्ने मुडमा रहेको देखिएका छन । प्रस्तुत छ हामीले संकलन गरेको जानकारीः ‘कुन पदमा कस्को चर्चा ?

अध्यक्ष पदमा जस्को चर्चा छ ….

अखिल क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि आँठ जनाको नाम बढि चर्चामा सुन्ने गरिएको छ । अध्यक्षका लागि अनिल शर्मा, रञ्जित तामाङ, गंगाराम तिमिल्सेना, आरसी अधिकारी, वीरेन्द्र बस्नेत, पञ्चा सिंह र सुरेन्द्र बस्नेत, तिलकराज भण्डारीको नाम अढि चर्चामा रहेको छ भने निर्वाचन नै हुने पक्का भएमा अध्यक्ष पदका महत्वकांक्षीहरु अझै बढ्ने नेताहरुको अनुमान छ ।

चर्चा रहेका अनिल शर्मा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरका भाइ हुन् । उनी अध्यक्षका अन्य महत्वकांक्षीहरु मध्ये संगठनिक हिसाबले सिनियर मानिन्छन । जनयुद्धदेखि निरन्तर माओवादी आन्दोलनमा रहेका हस्ती हुन उनी ।

चर्चामा रहेका अर्का नेता हुन, रञ्जित तामाङ । उनी हाल संगठनका उपाध्यक्ष हुन् भने विद्यार्थीरुबीच पनि निकै लोकप्रिय मानिन्छन। त्यस्तै हालका उपाध्यक्ष गंगाराम तिमिल्सेनाको नाम पनि अध्यक्षका लागि चर्चामा रहेको छ । सुर्खेत क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका तिमिल्सेना सांगठनीक, बैद्धिक र शैक्षिक हिसाबले समेत सबल मानिन्छन । उनलाई प्रदेश नम्बर पाँच, छ र सातबाट विद्यार्थीहरुको राम्रो समर्थन रहने विद्यार्थीहरु बताउँछन ।

त्यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनका आरसी अधिकारीको चर्चा पनि अत्याधिक रहेको देखिन्छ । उनको पक्षमा विद्यार्थी नेताहरुले ब्यापक प्रचार, प्रसार समेत गरेका छन । त्यस्तै सुरेन्द्र बस्नेत, जो अहिलेका उपाध्यक्ष तथा प्रवकता समेत हुन, उनको चर्चा पनि त्यत्तिकै रहेको देखिन्छ ।

उनी जनयुद्धमा यातना सहदै विद्यार्थी आन्दोलनमा निरन्तर अघि बढ्दै आएका नेता हुन । भने उनकै भाई वीरेन्द्र बस्नेतको चर्चा पनि कम भने छैन, पार्टी एकतापछि बादल समूहबाट आएका विरेन्द्रसँग एकताबाट आएका बहुसंख्यक नेताहरुको साथ, समर्थन रहेको छ । उनले संकटकालमा २७ महिना भैरवनाथ गणमा कठोर यातना भोगेका थिए । त्यस्तै हाल उपाधयक्ष रहेकी पञ्चा सिंहको पनि पुरुष तथा महिला नेताहरुको तर्फबाट ब्यापक चर्चा र समर्थन रहेको देखिन्छ ।

उपाअध्यक्ष पदमा जस्को चर्चा छ ….

अहिलेसम्म उपाध्यक्षमा भने अध्यक्षको तुलनामा कमैको नाम चर्चामा रहेको देखिन्छ । नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थि राजनीतिको सुरुवात गर्दै पार्टी र संगठनको योजनामा तमाम कठीन कामहरुको नेतृत्व गर्दै हाल सचिवको जिम्मेवारीमा रहेका भगतसिंह ठेकरे बोहरा उपाध्यक्षमा सबैभन्दा बढि चर्चामा छन ।

सरल ब्यवहार, मिलनसार र निति र विचारमा अडिग स्वाभावका कारण बोहरालाई आफ्नो समर्थन रहने विद्यार्थी नेताहरु बताउँछन । उनी विद्यार्थी आन्दोलनको क्रममा पटक पटक प्रहरीद्धारा गिरफ्तार परेका थिए, भने हालै सम्मपन्न स्थानीय निकायको दोश्रो निर्वाचनमा उनी स्थानीय खण्डेश्वरी गाउँपालिकाको अध्यक्षपदका उम्मेदवार समेत हुन् ।

त्यस्तै पश्चिमका अर्का प्रभावशालि नेता धु्रब विक्रम ओलीको पनि चर्चा त्यतिकै रहेको देखिन्छ । गणेश मैनाली लगायतका नेताहरुको नाम पनि उपाध्यक्षको लागि चर्चामा रहेको छ । मैनाली पनि विद्यिार्थिहरु माझ लोकप्रिय रहेको देखिन्छन ।

महासचिवमा पदमा जस्को चर्चा छ ….

अखिल क्रान्तिकारीमा संगठनको महासचिवका लागिअध्यक्ष पदपछि बढि आकांक्षीहरु देखिएका छन । महासचिवमा दर्जनभन्दा धेरै आकांक्षी रहेकोे देखिएपनि उम्मेदवारी दर्तासम्म पुग्दा त्यो सख्या घट्ने नेताहरुको भनाई रहेको छ । अहिले महासचिवमा उहाँहरुको चर्चा बढि देखिन्छ–
–खेम बहादर सिंह, विजय गौतम, डिबि साउँद, राजेश्वरी सुवेदी…..

उप महासचिवमा पदमा जस्को चर्चा छ ….

–दिपेश पुन, उद्धव भट्टराई,

सचिवमा पदमा जस्को चर्चा छ ….

सचिवमा सबैभन्दा बढि नेताहरुको चर्चा रहेको छ । बाहिर खलेरै नाम भन्न नचाहेपनि विद्यार्थीहरुले भने बाँकेमा माधव डिसी, राज कुमार लिम्बु, मनोज केसी, पवन कार्की, बद्धी चुडाल, लियो गंगा दाहालको चर्चा गरिरहेका छन । त्यस्तै पद्यमकन्या क्याम्पसकी सशक्त महिला नेतृ बसन्ता भट्टराईको पनि ब्यापक चर्चा रहेको छ । सचिवमा चर्चा भएकाहरुको लामै लिस्ट देखिन्छ ।

कोषाध्यक्षमा पदमा जस्को चर्चा छ ….

-केशव रावल, नवराज अएर