सभामुख घर्तिको चिन्ताः संसद अवरोध कहिलेसम्म ?

बजेटमाथिको छलफल ओझेलमा

काठमाडौं । सभामुख ओनसरी घर्तिमगरले प्रतिपक्ष दलको अवरोधका कारण दिनहुँ संसद अवरोधको भन्दै चिन्ता ब्यक्त गरेकी छन । सभामुख घर्तिले केहीसमय अघि ट्वीट गदै आज पनि संसद अवरुद्ध भएको र गतिरोध नहटेको भन्दै चिन्ता ब्यक्त गरेकी हुन ।

सभामुख घर्तिले बजेटमाथिको छलफल समेत संसदमा लिन नपाएको भन्दै चिन्ता गरेकी छन । बजेट सम्बन्धी प्रावधान अनुसार नयाँ बजेट जेठको १५ गतेसम्म ल्याइसक्नु पर्ने हुन्छ ।

अहिलेको सरकारले ल्याउन लागेको बजेटको विषयमा संसदमा छलफलै हुन नपाएपछि उनले शीर्ष नेताहरुसँग अहिले ३ः३० मा छलफल गर्न लागेको समेत जनाएकी छन ।

आजको संसद बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो ।

सभामुख घर्तिले भनेकी छन–‘निति कार्यक्रम र बजेट अगाडि छ। आज पनि गतिरोध हटेन, संसद अबरुद्ध भयो। यस्तो अवस्था कहिले सम्म ? ३ दलका शीर्ष नेतासँग ३ः३० मा छलफल गर्दैछु।