‘हाम्रो सीमाभित्र बाँधिएका बाँधको साँचो छिमेकीसँग हुनु राष्ट्रिय लज्जाको विषय हो’–डा. भट्टराई

दशगजामा जोडेर बाँधबाध्नु गलतः सच्चाउँन माग

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्ट्राईले नेपालको सीमभित्र बाँधिएको बाँधको साँचो छिमेकी देशसँग हुनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन ।

भट्टराईले आज आफ्नो ट्वीटर एकाउन्ट मार्फत तराईका जनताहरुले त्यही बाँधका कारण दुख भोग्नु परेको भन्दै त्यस्तो बताएका हुन ।

डा. भण्ट्टराईले दशगजामा जोडेर बाँधबाध्नु नै गलत भएको भन्दै सरकारलाई त्यो सच्चाउँन आग्रह गरेका छन । तराईमा गत शुक्रबारदेखि आएको बर्षाका कारण उत्पन्न डुबानको कारण धेरैको ज्यान गैसकेको र केही बेपत्ता भएको अवस्थामा उनको यस्तो धारण आएको हो ।

उनले भनेका छन–‘आफ्नै सीमाभित्र बाँधिएको बाँधको साँचो छिमेकीको हातमा हुनु राष्ट्रिय लज्जाको विषय हो । दशगजामा जोडेर बाँधबाँध्नु र नेपाल डुब्नु गलत हो । सच्याऊँ ।’

बाढी र डुबानका कारण अहिलेसम्म एक सय बढिको मृत्यु भएको खबर प्राप्त भएको छ भने ३८ जना बेपत्ता, २५ घाइते र हजारौंको उद्धार गरिएको छ ।

बाढीले घरवार विहीन भएकाहरुले अहिलेसम्म राज्यबाट उचित राहत र सुरक्षित बसाईको सहयोग पाउन नसकेको बताएका छन । त्यसैगरी केही स्थानमा अझै उद्धार कार्य जारी रहेको बताइएको छ ।