अहिलेकै अवस्थामा एमालेसँग हुने पार्टी एकता मानिदैनः मातृका यादव

एमाले पहिचान विरोधीः सच्चीन आवश्यक

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले अहिलेकै अवस्थामा एमालेसँग हुने भनिएको पार्टी एकता आफुलाई स्विकार्य नहुने बताएका छन ।

प्रचण्डले नेकपा एमालेसँग पार्टीको एकता गर्नेबारे सहमति गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत त्यसमा आफ्नो असहमति जाहेर गर्दै त्यस्तो बताएका हुन ।

गत मंगलबार उनले आफ्नो फेसबुक मार्फत मधेशी, थारू र आदिवासी जनजाति जनताको राष्ट्रिय पहिचान, समानताको अधिकार, सम्मान तथा समृद्धिको विरूद्ध हुने कुनै कार्य राष्ट्रिय एकता विरोधी हुने भन्दै नेताहरुलाई सचेत बनाएका छन ।

उनले नेकपा एमाले उत्पीडित समुदायहरूको पहिचान र समानताको अधिकार विरोधी भएकोले अहिलेकै अवस्थामा माओवादी केन्द्रको सहकार्य वा एकता अस्विकार्य हुने बताएका छन ।

उनले भनेका छन–‘पार्टी एकताका लागि पहिले एमाले सच्चिन तयार हुनुपर्छ र त्यसो भएन भने एमालेसँगको सहकार्य तथा एकता स्वीकार्य हुन सक्दैन ।’